arrow

सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन, नेपाली फिन्टेकको ऐतिहासिक शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
fintek-exhibition-2025.jpg

दुबई । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ । यसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको छ ।

फिन्टेक एलायन्स नेपाल (एफएएन) को नेतृत्वमा शुरु गरिएको यो नवीन पहलले ९ वटा अग्रणी नेपाली आइटी तथा फिन्टेक कम्पनीहरूलाई एउटै राष्ट्रिय ब्यानर अन्तर्गत एकजुट गर्दै नेपालको नवीनता, आकांक्षा र अन्तर्राष्ट्रिय सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गरेको छ। 

तीन दिनसम्म चल्ने यो प्रदर्शनीको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्री  तथा विश्वभरका प्रमुख सीईओ, सीएक्सओ र फिन्टेक अधिकारीहरूको उपस्थिति रहेको थियो ।

सिमलेसको आयोजक समितिसँगको नजिकको समन्वयमार्फत एफएएनले दुबई वर्ल्ड ट्रेड सेन्टरको हल ८, एच ८-एफ २० मा ८ह८ वर्ग मिटरको पभेलियन सुरक्षित गर्न सफल भयो, जसले अन्तर्राष्ट्रिय फिन्टेक मञ्चमा नेपाललाई अहिलेसम्मकै सबैभन्दा दृश्यात्मक उपस्थिति दिएको छ । 

यो पविलियन नेपाली सिर्जनशीलतालाई उजागर गर्न, सीमापार साझेदारीहरू प्रवर्द्धन गर्न र विश्वव्यापी फिन्टेक खेलाडीहरूलाई नेपालको डिजिटल अर्थतन्त्रमा उदाउँदै गरेका अवसरहरू अन्वेषण गर्न निमन्त्रणा दिने उद्देश्यले डिजाइन गरिएको हो ।

एफएएनका अध्यक्ष तथा सिटीटेक ग्लोबलका सीईओ साजन शर्मा भन्छन्, 'यो केवल एउटा साधारण स्टलमात्र नभई, हाम्रो क्षमता र सम्भावनाको स्पष्ट सन्देश हो । मैले लगातार धेरै वर्षदेखि सिमलेसमा सहभागिता जनाउँदै आएको छु र विश्व फिनटेक क्षेत्रको रूपान्तरणलाई नजिकबाट अवलोकन गरेको छु । अघिल्लो वर्षहरूमा सिटीटेकले एकल प्रदर्शकको रूपमा सहभागिता जनाउनु रोमाञ्चक अनुभव थियो तर आज यहाँ सम्पूर्ण नेपाली नवप्रवर्तनले भरिएको पविलियनमा उभिनु, मलाई एक नेपालीको हैसियतले र यो उद्योगको योगदानकर्ताको रूपमा अपार गर्वले भरिएको महसुस गराएको छ ।'

नेपाल पविलियनमा सहभागी कम्पनीहरू:
    सिटी एक्सप्रेस मनि ट्रान्सफर

    सिटीटेक ग्लोबल

आइएमई लिमिटेड

    एनएमबी बैंक

ल्याम्डा पेमेंट्स

    माइक्रोब्यांकर नेपाल

    प्रोग्रामिज

आइमार्क प्रालि

    रारा ल्याब्स ।

२९ सदस्य कम्पनीहरूसहित फिनटेक एलायन्स नेपाल (एफएएन) ले फिनटेक फिन्टेक फ्राइडेज र फिन्टेक सोसिएल्स जस्ता इकोसिस्टम निर्माण गर्ने कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । एफएएनले यो पहिलो अन्तर्राष्ट्रिय सहभागितालाई एक निर्णायक र प्रेरणादायी शुरुआतको रूपमा लिएको छ। “महिनौंको कठिन परिश्रम, समन्वय, र साझा दृष्टिकोणमा विश्वासका कारण मात्रै यो सम्भव भएको हो,” सजन शर्माले भने। “तर यो त केवल शुरुआत हो। हामीले झन्डा गाडिसकेका छौँ, अब सहकार्य र सम्भावनाको सेतु तयार गर्ने बेला आएको छ।”

शर्मा भन्छन्, 'यदि तपाईं सिमलेसमा सहभागी हुनुहुन्छ भने, हल ८, बुथ एच ८ - एफ २० मा रहेको नेपाल पभेलियनमा अवश्य जानुहोस् । नेपाली झन्डा पछ्याउनुहोस्, त्यहाँ पुग्दा तपाईंले महसुस गर्नुहुनेछ, यो केवल प्रदर्शनीको ठाउँ होइन, नेपाली प्रतिभा र सम्भावनाको जीवित सन्देश हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ