arrow

मौसम

बंगालको खाडी र अरब सागरको पनि प्रभाव : देशभर बदली, पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) देशभरको मौसममा आंशिकदेखि साधारणतया बदली रहने प्रक्षेपण गरेको छ। विशेषगरी पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा वर्षाको सम्भावना छ। यसैगरी, देशका बाँकी भूभागका एक-दुई स्थानमा पनि सामान्य वर्षा हुन सक्नेछ।

उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा भने हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि प्रभाव देखिएको छ, जसका कारण देशभरको मौसममा बदली र वर्षाको अवस्था सिर्जना भएको मौसमविद्हरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ