arrow

आचरण सुधार गरेमा असल समाज निर्माण हुन्छ : शङ्कर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ८ बिहिबार
shankar-pokhrel-28.jpg

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मानिसले आचरण सुधार गरेमा असल समाज निर्माण हुने बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका-१९ स्थित वडा कार्यालय प्राङ्गणमा स्थापना भएको गौतमबुद्धको प्रतिमा अनावरण गर्दै पोखरेलले समाज बिगार्ने खालका खानपिनलाई बहिष्कार गर्नुपर्ने बताए ।

असल बानीले परिवार र समाजलाई असल बनाउँछ । वडा कार्यालयमा बुद्धका दिव्य उपदेशलाई आत्मसात गरेर काम गर्ने अपेक्षा गरेको बताए । 

कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य सुजिता शाक्यले गौतमबुद्धका विचार अनुशरण गर्दा नेपाल समाजमा बढ्दो नैराश्यतालाई हटाउन सकिने बताए । 

तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले छिल्लीकोटको फेदीमा गौतमबुद्धको प्रतिमा स्थापना गर्दा यस क्षेत्रका पर्यटन क्षेत्रमा नागरिकको आर्कषण बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ