arrow

'डेढ घण्टामै ५० आतंककारीको घुसपैठलाई विफल बनायौँ, महिला सैनिकले बहादुरी देखाए' –डीआईजी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
dig-ss-manda-india.jpg

नयाँदिल्ली । भारतले पाकिस्तानका आतंकवादीविरुद्ध थालेको अपरेशन सिन्दूरका क्रममा बीएसएफले जम्मू कश्मीरको साम्बा सेक्टरमा पाकिस्तानको ठूलो घुसपैठको प्रयासलाई विफल पारेको थियो । 

बीएसएफका डीआईजी एसएस मण्डले मे ८ मा ४५–५० आतंककारीहरूको ठूलो समूह पाकिस्तानबाट घुसपैठ गर्ने प्रयास गरिरहेको बताए । तर पहिले नै सतर्क रहेको बीएसएफले उनीहरूलाई समयमै समातेको उनले बताए । 

डीआईजीले भने, ‘हामीले पहिले नै परिस्थितिको युद्ध–खेल गरिसकेका थियौं। जब शत्रु अगाडि बढ्यो, हाम्रा सिपाहीहरूले सटिक र भारी गोलीबारी गरे । डेढ घण्टामा हामीले उनीहरूका धेरै बंकरहरू ध्वस्त पार्यौं र उनीहरूको शक्ति कमजोर पार्यौं ।’

उनले यस अपरेशनमा महिला सैनिकहरूले पनि समान रूपमा भाग लिएको बताए । ‘हाम्रा महिला सिपाहीहरूले पनि जिम्मेवारी लिए र हरेक आदेशलाई पूर्ण शक्तिका साथ पालना गरे। हामीलाई उहाँमाथि गर्व छ’, डीआईजीले भने, ‘यदि शत्रुले फेरि कुनै चाल देखायो भने बीएसएफले पहिलेभन्दा बढी बल प्रयोग गरी जवाफ दिनेछ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ