arrow

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा मारिए बीस नक्सलवादी 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
naksalbadi-25-5-21.jpg

नयाँदिल्ली । भारतीय सुरक्षाकर्मीले २० नक्सलवादीलाई मारेका छन् । नारायणपुर जिल्लको अबुझमाडको जंगलमा सुरक्षाकर्मीले उनीहरुलाई मारेको हो । 

सुरक्षाकर्मीले सबैको शव र हतियार बरामद भएको जनाएको छ । दंतेवाडा, नारायणपुर र बीजापुर जिल्लाको सरहदमा मुठभेड चलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

मारिएका नक्सलवादीमा ठूलो कार्यकर्तासमेत भएको जनाइएको छ । पुलिसले पाएको सूचनाअनुसार अबुझमाडको बोटेरमा नक्सलवादीका पोलिटब्युरो सदस्य र नक्सल संगठनका महासचिव बसवा राजु रहेका थिए । 

नक्सलवादीहरु तेलंगाना, ओडिशा, महाराष्ट्र लगायतका राज्यमा सक्रिय छन् । सरकारले उनीहरुमाथि पुरस्कार राशिसमेत राखेको छ । 

पोलिटव्युरोका लागि डेढ करोड भारु मोल राखिएको छ । त्यस्तै केन्द्रीय सदस्यका लागि एक करोड राखिएको छ । 

सात दिन पहिले प्रहरीले छत्तीसगढ–तेलंगाना सीमामा ३१ नक्सलवादीलाई मारेको जनाएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ