arrow

राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन : शंकर पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
shankar-pokhrel-28.jpg

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताएका छन् ।

कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले पूर्वराजाका समर्थकहरुले गर्ने भनेको आन्दोलन जनताका विरूद्ध हुने बताए । 

युवाहरुले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उनको तर्क छ । “देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ । विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्”, उनले भने ।

दाङमा कम्युनिष्ट पार्टी स्थापना हुनुमा नेत्रलाल अभागीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उनले भने, “अभागी विद्यालयको प्राध्यानाध्यापकको जागिर छोडेर कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा लाग्नु भएको थियो, उहाँ कुसल शिक्षक र कुसल साहित्यकार हुनुहुन्थ्यो ।” 

लोभ लालचा नभएको इमान्दार नेता नेत्रलालको जीवनीबाट सबैले पाठ सिक्नुपर्नेमा उनले जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ