मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्दै, विश्व पौडेलका नाममा सहमति
गभर्नर सिफारिस समितिको बैठक जारी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
712
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । सम्भवतः मुलुकले आज नयाँ नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर पाउने भएको छ । नयाँ गभर्नर नियुक्तिका लागि आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक साँझ ५ बजेका लागि डाकिएको छ ।
गभर्नरका लागि प्राडा विश्व पौडेलको नाममा सहमति जुटेको छ । यसअघि नै उनका नाममा सहमति जुटेको भए पनि हिजो फेरि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गभर्नरकै विषयमा छलफल गर्न बोलाएपछि देउवा बालुवाटार आएका थिएनन् ।
देउवा नै गर्भनरका विषयमा पटक पटक कुरा नगर्ने भन्दै नआएपछि हिजो बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको थियो ।
तर फेरि आज भएको छलफलमा पौडेलको नाममा सहमति जुटेको हो । कांग्रेसले यसअघि राष्ट्र बैंककै निर्देशक गुणाकर भट्टको नाममा सहमति जुटाएको भए पनि उनको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले विकल्प खोजेको थियो ।
विकल्पमा पौडेल उत्कृष्ट ठहरिए । उनी योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । उनी गत आम निर्वाचनमा कांग्रेसबाटै चितवनबाट प्रतिनिधि सभा सदस्यको चुनाव लडेका थिए ।
तर उनी चुनाव हारेपछि पार्टीको कुनै जिम्मेवारीमा छैनन् । उनी आफ्नो पेशा शिक्षणमै छन् । उनी काठमाडौँ विश्वविद्यालयका प्राध्यापक हुन् ।
कुनै राजनीतिक व्यक्ति गभर्नर हुन नपाइने भए पनि उनी भने विज्ञका हिसाबले कांग्रेसले अगाडि सारेका व्यक्ति भएको कांग्रेसले बताएको छ ।