arrow

नेप्सेमा छलाङ, एकैदिन बढ्यो ४९ अंक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले छलाङ मारेको छ । लगातार छ कारोबार दिनपछि सोमबार सकारात्मक देखिएको नेप्से मंगलबार भने छलाङ मारेको छ । एकैदिन ४९.०९ अंकले बढेको छ । 

मंगलबार बजार २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा ३१० वटा कम्पनीका एक करोड ६८ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन् । सात अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

२२९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । १५ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको मूल्य स्थिर रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ