arrow

पुटिनसँगको फोन वार्ता फलदायी : ट्रम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
trump-26.jpg

काठमाडौँ ।अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको टेलिफोन वार्ता "धेरै राम्रो" भएको बताएका छन्।

सोमबार भएको साढे दुई घण्टा लामो कुराकानीलाई ट्रम्पले सन्तोषजनक भनेका छन्। उनका अनुसार रूस र युक्रेनबीच तत्काल युद्धविरामका लागि वार्ता हुने सम्भावना छ।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टबसहित अन्य नेताहरूसँग पनि फोन वार्ताको विवरण साझा गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ