पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरी, हिमाली भेगमा हिमपातको सम्भावना
नेपालमा पश्चिमी र स्थानीय वायुको साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
650
Shares
काठमाडौँ। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका केही स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी प्रदेशका तराई भेगका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।