arrow

पाँचौँ पटक रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याइनेमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
ravi-ktm-court.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज पनि हेर्न नभ्याउनेमा परेको छ ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश  नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा हेर्न नभ्याइनेमा परेको हो ।

लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिँदै आएको थियो । यो सहित पाँचौ पटक सरेको हो ।  

गत बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चार पटक हेर्न नमिल्ने सूचीमा परेपछि रास्वपा सांसद सोबिता गौतमले पनि संसदमा प्रश्नसमेत उठाएकी थिइन्। 

सभापति लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानूनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ