arrow

फड्को नेपालको

नेपाली महिला क्रिकेट टिमको फड्को, पहिलो पटक विश्वकप ग्लोबल छनोटमा

एक खेलअघि नै ग्लोबल छनोटमा, अब विश्वकप खेल्न १० टिममा शीर्ष चारमा पर्नु पर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
nepal-women-cricket-winning-25-5-19.jpg

काठमाडौँ । नेपालले एक खेलअगाबै आसीसी महिला विश्वकप टी–२० क्रिकेटको ग्लोबल छनोटमा स्थान बनाएको छ । सोमबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई पाँच विकेटले पराजित गरेको हो । 

योसँगै एसियाबाट थाइल्यान्ड र नेपाल ग्लोबल छनोटमा पुग्न सफल भएका हुन् । अब नेपालले मंगलबार अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ। उक्त खेल दुवै टोलीका लागि अभ्यास मात्रै हुनेछ । 

नेपालले पहिलोपल्ट ग्लोबल छनोटमा स्थान बनाएको हो । अब विश्वकप पुग्न अन्तिम चरणको छनोट खेल्नेछ । उक्त छनोटमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष ४ टोलीले विश्वकपमा स्थान बनाउने छन् ।

यूएई–नेपालको खेल
यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी रहँदा पूरा गरेको हो। नेपालकी कप्तान इन्दू बर्माले अविजित रहँदै सर्वाधिक ३० रन बनाइन् । २८ बल खेलेकी उनले दुई चौका प्रहार गरिन् ।

रुविना क्षेत्री बेलबासेले १८ बलमा तीन चौकासहित २३ रनको योगदान दिइन् । ओपनर सम्झना खड्का २१ र उपकप्तान पूजा महतो १३ रनमा आउट हुँदा रुबि पोद्दार ६ रनमा अविजित रहिन् ।

यूएईकी मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले समान एक विकेट लिइन् ।

त्यसअघि बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो।

यूएईकी कप्तान ईशाले सर्वाधिक ३९ रन बनाइन् । ३९ बल खेलेकी उनले दुई चौका र एक छक्का प्रहार गरिन् । ओपनर तीर्थ शतिशले ३२ बलमा दुई चौकासहित २१ रनको वइगदान दिएकी थिइन् । उनीहरूबीच पहिलो विकेटका लागि ४५ रनको साझेदारी भएको थियो।

हिना होत्चान्डी २० र लावन्या केनीले १२ रन बनाइन्। नेपालकी मनीषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले २० रन मात्रै खर्चिइन्। 

कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट आफ्नो नाममा लेखाइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ