arrow

बङ्गालको खाडी र अरब सागरको आंशिक प्रभाव: देशभर वर्षा, तराईमा हावाहुरीको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
meteorological-forcasting-d.jpg

काठमाडौं । आज दिउँसो र राति देशभर वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ