arrow

शिक्षा समिति

विद्यालय शिक्षा विधेयकमा १०८ बुँदे प्रतिवेदन तयार, संसदीय उपसमितिले बुझायो समितिलाई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
upasamiti-pratibedan-sikchaya.jpg

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समितिद्वारा गठित संसदीय उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा बुझाएको छ।

आइतबार सिंहदरबारमा बसेको शिक्षा समितिको बैठकमा छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले विधेयकको प्रतिवेदन प्रस्तुत गरेको हो। प्रतिवेदन बुझाउँदै संयोजक विश्वकर्माले १५ परिच्छेद र १६३ दफा रहेको विधेयकमा उपसमितिले १०८ बुँदा समेटेर प्रतिवेदन तयार पारेको जानकारी दिए। उनले प्रतिवेदनमा १०१ वटा दफामा परिमार्जन गरिएको तथा १३ वटा नयाँ दफा थप गरिएको बताए। उनका अनुसार उपसमितिले ४ वटा दफा हटाएको र १३ वटा दफाको सट्टा नयाँ दफा राखेको छ। विधेयकका ६२ वटा दफामा भने सरकारले प्रस्ताव गरेअनुसार नै सहमति जुटेको उनले जानकारी दिए।

संयोजक विश्वकर्माले भने, ‘विभिन्न १५ वटा परिच्छेद र १६३ दफामा रहेको उक्त विधेयकमा १५२ समूहबाट १६१ माननीय सदस्यहरूबाट १ हजार ७५८ वटा बुँदामा दर्ता भएका संशोधन प्रस्तावसहितको विधेयकका सम्बन्धमा उपसमितिले छलफल गरी १०८ बुँदाको प्रतिवेदन तयार गरेको छ। विधेयकका कुल १६३ वटा दफामध्ये १०१ वटा दफामा परिमार्जन गरिएको छ। १३ वटा नयाँ दफा थप गरिएको छ। चारवटा दफालाई हटाइएको छ। १३ वटा दफाको सट्टा नयाँ दफा राखिएको छ। ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरूपमा टुंगोमा पुऱ्याइएको छ।’

शिक्षा समितिको २०८१ चैत ८ गते बसेको बैठकले विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो। सरकारले यो विधेयक संसदको चालु अधिवेशनबाटै पारित गर्ने तयारी गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ