arrow

लगातार छैटौँ कारोबारको दिन नेप्से ऋणात्मक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
nepse-always-2082.jpg

काठमाडौँ । नेप्से परिसूचकमा लगातार छैटौँ कारोबारको दिन ऋणात्मक देखिएको छ । आइतबार नेप्से झिनो अंकले घटेको छ । नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा बन्द भएको छ ।

नेप्से ऋणात्मक भए पनि कारोबार रकम भने उच्च नै भएको छ । आइतबारआठ अर्ब ५० करोड रुपैयाँमा शेयर खरिद–बिक्री भएको छ । गत साता बिहीबार सात अर्ब आठ करोड ३३ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको थियो ।

आइतबार एक सय कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । त्यस्तै १४५ कम्पनीको शेयर मूल्य घट्दा एउटामात्र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य स्थिर रहन पुग्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ