arrow

गुलजार हाउसको भवनमा आगलागी, आठ बालबालिकासहित १७ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
fire-haidarabad-25-5-18.jpg

काठमाडौँ । भारतको हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएको आगलागीमा मृत्यु हुनेमा ८ बालबालिका पनि हुन् । 

साथै १० देखि १५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको जनाइएको छ। केही मानिसहरू अझै पनि भग्नावशेषमा फसेका छन् र उद्धार कार्य जारी छ। 

आगलागीको कारण सर्ट सर्किट भएको बताइएको छ । आधिकारिक रूपमा पुष्टि भएको छैन । प्रहरीका अनुसार भवन तीन तल्ले थियो र आगो भुइँ तल्लामा लागेको थियो । मृतक सबै मानिसहरू त्यही तलामा बस्थे।

बिहान करिब ६ः३० बजे आगलागीको बारेमा दमकल विभागलाई जानकारी गराइएको थियो । त्यसपछि टोली घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको थियो। धेरै मानिसहरू अचेत अवस्थामा फेला परेका थिए र लगभग १० जनालाई अस्पताल भर्ना गरिएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीले जनाएका छन् । 

मुख्यमन्त्री रेवन्त रेड्डीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूलाई तत्काल उपचार उपलब्ध गराउन निर्देशन दिएका छन् । केन्द्रीय मन्त्री जी किशन रेड्डी र एआईएमआईएमका विधायक मुमताज अहमद खान घटनास्थलमा पुगेर स्थितिको जानकारी लिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ