arrow

ग्लोबल आइएमई बैङ्क पिसिआई–डीएसएसमा प्रमाणीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
global-ime-pci-dss-v-4-0-1-certification-2025.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैक लिमिटेड कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा स्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटी स्टान्डर्ड (पिसिआई–डीएसएस संस्करण ४.०.१) मा प्रमाणीकरण भएको छ। नेटवर्क इन्टेलिजेन्सबाट पिसिआई–डीएसएसमा प्रमाणीकरणसँगै बैङ्कका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित भएको हो। नेटवर्क इन्टेलिजेन्स पिसिआई सेक्युरिटी स्टान्डर्डस् काउन्सिलबाट मान्यता प्राप्त क्वालिफाइड सेक्युरिटी असेसर (क्यूएसए) हो। यो निजी संस्थाले कार्डको सुरक्षासम्बन्धी विषयहरू मूल्याङ्कन गर्ने गर्दछ। 

नेटवर्क इन्टेलिजेन्सबाट कार्डको सुरक्षासम्बन्धी मूल्याङ्कन र पिसिआई–डीएसएसमा प्रमाणीकरणसँगै बैङ्कका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षित भएको प्रमाणित हुन्छ। बैङ्कले कार्ड प्रयोगकर्ताहरूको डाटाको सुरक्षा सुनिश्चितको लागि प्रणालीगत र संस्थागत रूपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ। प्रयोगकर्ताको डाटा सुरक्षामा बैङ्कले निरन्तर प्रयास जारी राख्नुका साथै आफ्नो प्रतिविद्धतालाई स्वतन्त्र रूपमा प्रमाणित गरेको हो। 

ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो। साथै ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ। ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ। बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ