arrow

शनिबार मदन-आश्रित स्मृति दिवस, लागेनन् अहिलेसम्म हत्यारा पत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
uml-sachibalaya-01-01.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन एमाले महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित (मदन-आश्रित)को ३२औँ स्मृति दिवस शनिबार देशभर विविध कार्यक्रम आयोजना गरी विशेष रूपमा मनाउने भएको छ । 

एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यहरू सम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले केन्द्रीयस्तरमा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । 

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन-आश्रित परिवारका सदस्यहरूलाई निमन्त्रणा गरिएको उनले बताए ।  

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मदन-आश्रित स्मृति दिवसलाई ऐतिहासिक बनाउनुपर्ने बताउँदै त्यसअनुसार तयारी गर्न निर्देशन दिइसकेका छन् । 

तत्कालीन एमाले महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रितको दुर्घटनामा निधन भएको जेठ ३ गते ३२ वर्ष पुग्दै छ । उनीहरूको २०५० जेठ ३ गते दासढुङ्गामा गाडी दुर्घटनामा निधन भएको थियो । 

गाडी दुर्घटनामा परेको भए पनि एमालेले यसलाई हत्या भनेको छ । सरकारमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा पत्ता लगाएर जसरी पनि सजाय दिने बताउने गर्दथे । पहिलो पटक सरकारमा पुगेका बेलामा पनि उनले यो भनाइ दोहोर्याए । 

मदन पत्नी विद्या पनि दुई पटक राष्ट्रपति नै भइन् । तर उनीहरुका हत्यारा पत्ता लागेनन् । या सरकारले अनुसन्धानको पहल नै गरेन अहिलेसम्म केही खोलेको छैन । 

मदनका नामको राजनीति भने यथावत् छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ