पाकिस्तानसँग वार्ता गर्न भारतको यस्तो छ ‘बटम लाइन’
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
1.8k
Shares
काठमाडौँ । भारतीय विदेश मन्त्री डा एस जयशंकरले पाकिस्तानसँग वार्ता गर्नका लागि सरकारले बटम लाइन तय गरेको बताएका छन् ।
उनले पीओके भारतलाई सुम्पनु पर्ने, आतंकवादीहरुका स्थल नष्ट गर्नुपर्ने र आतंकवादी भारतलाई सुम्पनु पर्ने सर्त अगाडि सारेका हुन् ।
पाकिस्तानले यी तीन काम गरेमात्र पाकिस्तानसँग वार्ता हुने जयशंकरले बताएका हुन् ।
उनले सिन्धु जल सन्धिसमेत तबसम्म स्थगित रहने छ जबसम्म पाकिस्तानले स्थायी रुपले सीमा पार आतंकवादी खतम गर्दैन भनेका छन् ।
नयाँदिल्लीमा होन्डुरसको दूतावास उद्घाटनको अवसरमा बोल्दै उनले पाकिस्तानसँग आतंकवादीको सूची रहेको भन्दै आतंकवादीलाई आफूहरुलाई दिन पनि माग गरेका हुन् ।
जयशंकरले कश्मीर र पाकिस्तानसँग जोडिएको विषयमा कुनै तेस्रो पक्षको हस्तक्षेपको विषयमा कुनै परिवर्तन नआएको बताए । उनले कश्मीरसँग जोडिएको विषयमा कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार नहुने बताए ।
उनले पाकिस्तानसँग भारतको वार्ता दुईपक्षीय हुनेसमेत बताएका छन् । साथै उनले युद्धविरामबारे स्पष्ट भने कि –‘गोलाबारी बन्द गर्न कसले भनेको थियो । हामीले आतंकवादी ढाँचालाई नष्ट गर्यौँ । जुन लक्ष्य तय गरेका थियौँ त्यो हासिल गर्यौँ ।’
भारतले गत ७ मेमा अपरेशन सिन्दूर चलाएर पाकिस्तान र पीओकेमा मिसाइल आक्रमण गरेको थियो । जसबाट लश्कर ए तैयवा र जैश ए मोहम्मदका मुख्यालयसमेत नौ आतंकवादीको वासस्थान उडाइदिएको थियो ।
उक्त आक्रमणमा सय भन्दा बढी आतंकवादी मारिएका थिए ।
जयशंकरले चार दिनको आक्रमणबाट पाकिस्तानलाई पनि भारी नोक्सानी भएको दाबी गरेका छन् । १० मेमा पाकिस्तानलाई भारी नोक्सान भएको जानकारी दिए ।
गत अप्रिल २२ मा पहलगाममा आतंकवादीले एक नेपाली सहित २६ जना हिन्दूधर्मीलाई गोली हानेर मारेपछि अन्तर्राष्ट्रिय समर्थन भारतलाई मिलेर जयशंकरले बताए।