संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित [भिडियो]
कुलिङ पिरियड दुई वर्ष र निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ बाट ६० वर्ष
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
782
Shares
काठमाडौं। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट सर्वसम्मतिले पारित भएको छ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयकको अन्तिम मस्यौदा प्रतिवेदनमाथि छलफल गरी पारित गरेको हो। समितिका सभापति रामहरि खतिवडाले विधेयक परिमार्जनसहित सर्वसम्मत रूपमा पारित भएको जानकारी दिए। यो महत्वपूर्ण विधेयक लामो समयपछि पारित हुन सफल भएको उनले बताए। विधेयक पारित गर्न सहयोग पुर्याउने सबैलाई उनले धन्यवाद ज्ञापन गरे।
विधेयकमा कुलिङ पिरियड दुई वर्ष र निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ बाट ६० वर्ष पुर्याइएको छ। अर्को सूचना जारी नभएसम्म समितिको बैठक स्थगित गरिएको छ।