arrow

स्पेनिश ला लिगाको उपाधि बार्सालाई, जित्यो २८औँ पटक 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
barcelona-la-liga-2025.jpg

काठमाडौँ । स्पेनिश ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । बिहीबार राति सम्पन्न खेलमा इस्पान्योललाई २–० ले पराजित गर्दै बार्साले दुई खेल अगाबै उपाधि पक्का गरेको हो । 

बार्साले २८ औँ ला लिगा उपाधि जित्दा रियाल मड्रिड दोस्रो स्थानमा सीमित भयो । बार्सिलोनाले ३६ खेलबाट ८५ अंक पुर्‍याउँदा दोस्रो स्थानको रियाल मड्रिड ७ अंकले पछि परेको छ । 

तेस्रो स्थानको एथलेटिको मड्रिडको ७० अंक भएकाले रियाल मड्रिडले पनि दोस्रो स्थान सुरक्षित गरेको छ । 

बार्सिलोनालाई जित दिलाउन लामिन यमल र फर्मिन लोपेजले गोल गरे। यमलले ५३औं मिनेटमा गोल गरेका हुन् । लोपेजले इन्जुरी समयको पाँचौँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरेका हुन् । 

ला लिगामा लस पल्मस र रियाल भल्लाडोलिड रेलिगेशनमा परिसकेका छन् । अब लेगनस, डेपोर्टिभो अलाभेस, गटाफे र स्पानियोलमध्ये एक टिम रेलिगेशनमा पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ