arrow

भारत–पाक युद्धविराम गराएको बताएका ट्रम्पले फेरे बोली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
trump-26.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम गराएको आफ्नो घोषणाबाट पछि हटेका छन् । उनी आफूले नै युद्धविराम गराएको दाबीसहित सामाजिक संजाल एक्समा पहिले सूचना दिएका थिए । 

तर युद्धविरामको पाँच दिन पछि हटेका छन् । उनले बिहीबार भने कि ‘मैले दुई देशहरू बीच मध्यस्थता गरेको छैन, तर मैले मद्दत गरेको छु।’

ट्रम्पले भने, ‘म यो भनिरहेको छैन कि मैले यो गरें, तर यो निश्चित छ कि मैले गत हप्ता भारत र पाकिस्तानबीच भएको घटनालाई समाधान गर्न मद्दत गरें।’

‘भारत र पाकिस्तानबीच अझ भयानक आक्रमण हुन सक्थ्यो। दुवै देशले अचानक क्षेप्यास्त्र प्रहार गर्न थाले, तर हामीले सबै कुरा मिलायौँ’ उनले भने । 

ट्रम्पले मे १० मा दुई देशबीच मध्यस्थताको घोषणा गरेका थिए । उनले भनेका थिए, ‘मलाई यो घोषणा गर्न पाउँदा खुशी लागेको छ कि अमेरिकाको मध्यस्थतामा लामो वार्तापछि, भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् ।’

उनले भने, ‘उनीहरू (भारत–पाकिस्तान) विगत १००० वर्षदेखि लडिरहेका छन् । मैले भनेँ कि म सम्झौता गर्न सक्छु। अनि मैले सम्झौता गराएँ। मैले भनेँ, मलाई मिलाउन देऊ। ती सबैलाई एकै ठाउँमा ल्याऔं । तिमी हजार वर्षदेखि लड्दै आएका छौ र कहिलेसम्म लडिरहनेछौ ? म सम्झौताको बारेमा निश्चित थिइनँ। यो धेरै गाह्रो थियो। उनीहरू लामो समयदेखि लडिरहेका थिए। यो साँच्चै नियन्त्रण बाहिर जानेवाला थियो।’

ट्रम्प कति बकम्फुसे छन् भन्ने तथ्य हजार वर्षदेखि भारत र पाकिस्तान लडेको भन्नेबाट नै स्पष्ट हुन्छ । जबकि भारतबाट टुक्रेर सन् १९४७ अगष्ट १४ र १५ मा पाकिस्तानको छुट्टै सरकार गठन भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ