बहराइनलाई हराएसँगै नेपालको सुपर थ्रीको सम्भावना कायमै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
559
Shares
काठमाडौँ । नेपालले आईसी महिला टी–२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेसँगै अर्को चरणको सम्भावना कायम राखेको छ ।
थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । बहराइनले दिएको ७७ रनको लक्ष्य पछ्याइरहेको नेपालले ५.४ ओभरमा चार विकेट गुमाउँदै ५६ रन बनाएको थियो ।
तर वर्षाको कारण खेल अगाडि बढ्न नसकेपछि नेपाल ६ विकेटले विजयी भएको हो । नेपालकी कप्तान इन्दू बर्माले ७ बलमा अविजित रहँदै सर्वाधिक २४ रन बनाइन् । उपकप्तान पूजा महतो १३ रनमा आउट भइन् ।
बहराइनकी प्रवित्रा सेठ्ठीले सर्वाधिक तीन विकेट लिइन् । यसअघि बहराइनले १२.४ ओभरमा ३ विकेटको क्षतिमा ७६ रन बनाएको थियो । सबै खेलाडी रनआउट भएका थिए ।
अंक समीकरण
योसँगै नेपालले सुपर थ्रीको सम्भावना कायमै राखेको छ । योसँगै समूह सीको खेल सकाइसकेको नेपालले चार खेलबाट पाँच अंक पुर्याएको छ ।
एक खेल कम खेलेको हङकङको चार अंक छ । बराइनसँगको अन्तिम खेल रद्द भए पनि हङकङ सुपर थ्रीमा स्वतः पुग्नेछ।