arrow

मौसम

पहाडी भेगमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह 

काठमाडौँमा फाटफुट वर्षा, देशमा पश्चिमी-स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरको हावाको प्रभाव

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
meteorological-forcasting-d.jpg

काठमाडौं। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

यसका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।

काठमाडौँ उपत्यकामा बिहान फाटफुट वर्षा भएको थियो । निकै कमजोर प्रणालीका कारण केही ठाउँमा त थोपा चुहिना साथ बन्द भएको थियो ।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई मौसमको अवस्था बुझेर मात्र अगाडि बढ्न सुझाव दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ