arrow

काठमाडौँ अन्धकार, ढल्केबरमा समस्या [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
loadshedding-kathmandu-2082.jpg

काठमाडौँ । बिहीबार साँझ काठमाडौँसहित देशका पूर्वी र मध्यभागका अधिकांश स्थानमा बिजुली गएको छ। ढल्केबर सबस्टेसनमा प्राविधिक समस्या आउँदा बत्ती गएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार भारतबाट बिजुली आयात भइरहेको चार सय केभी ढल्केबर–मुजप्फरपुर लाइनमा समस्या आएको थियो । समस्या नेपालतर्फ नभइ भारततर्फ नै आएको प्राधिकरणले जनाएको छ ।

प्रणालीमा समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैँ खटिएका थिए । समस्या आउनासाथ भारतबाट सहयोग मागेर समाधान गरिएको थियो ।

बिहीबार बेलुका करिब दुई घण्टा काठमाडौँसहित मध्य र पूर्वी नेपालका सबैजसो ठाउँ अन्धकारमय बनेको थियो ।

loadshedding-kathmandu-2082-2-1 (1).jpeg
loadshedding-kathmandu-2082-2-1 (2).jpeg
loadshedding-kathmandu-2082-2-1 (3).jpeg
loadshedding-kathmandu-2082-2-1 (4).jpeg
loadshedding-kathmandu-2082-2-1 (5).jpeg
loadshedding-kathmandu-2082-2-1 (6).jpeg
loadshedding-kathmandu-2082-2-1 (7).jpeg
loadshedding-kathmandu-2082-2-1 (8).jpeg
loadshedding-kathmandu-2082-2-1 (9).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ