काठमाडौँ । स्पेनिश लिग ला लिगामा रियाल मड्रिडले मयोकाविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा रियाल मड्रिडले मल्लोर्काविरुद्ध २–१ गोल अन्तरले जित हासिल गरेको हो ।
रियाल मड्रिडको जितमा केलियन एम्बाप्पे र ज्याकोब रामोनले एक एक गोल गरेका थिए । रामोनले खेलको इन्जुरी समयमा गोल गर्दै रियाल मड्रिडलाई जित दिलाएका थिए ।
त्यस्तै मयोर्काका लागि मार्टिन भलजेन्टले एक गोल फर्काएका थिए । जितसँगै रियाल मड्रिडको ३६ खेलमा ७८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाको ३५ खेलमा ८२ अंक रहेको छ र रियाल मड्रिडभन्दा ४ अंकले अगाडि रहेको छ ।
त्यस्तै मयोर्काको ३६ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौँ स्थानमा रहेको छ ।
गएरातिका अन्य खेलमा सेभियाले लस पल्मसलाई १–० ले, डेपोर्टिभो एलाभेसले भ्यालेन्सियालाई १–० ले तथा भिल्लारियलले लेगनसलाई ३–० ले हरायो ।