arrow

बस दुर्घटनामा कम्तीमा २० जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
pumdikot-bus-acc.jpg

पोखरा । पोखराको पुम्दीकोटमा नगर मिनी बस दुर्घटनामा परेको छ ।

पुम्दीकोटबाट पोखरातर्फ आउने क्रममा ग १ ख ३८८६ नम्बरको बस पल्टिएको जनाइएको छ ।

बसमा २६ यात्रु सवार रहेकामा कम्तीमा २० यात्रु घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको छ । 

 

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ