arrow

विनियोजन विधेयकमाथिको छलफल

विनियोजन विधेयकले जनतामा आशा जगायो: एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
padam-giri-2080-10-24.jpg

काठमाडौं ।  नेकपा (एमाले) का सांसद पदम गिरीले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गिरीले जनताको विकासप्रतिको तीव्र चाहनालाई सम्बोधन गर्ने गरी विधेयक आएको बताए। उनले बजेट निर्माणमा सरकारले विगतको अभ्यास नदोहोर्‍याई नयाँ ढंगले अघि बढ्न खोजेको बताए।

सांसद गिरीले विगतमा बिना तयारी बजेट ल्याउने, लगानीको स्पष्ट योजना नबनाउने र खर्च गर्न नसक्ने अवस्थाले पुँजीगत खर्च कम हुने गरेको उल्लेख गर्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले पुँजीगत खर्च बढाउन स्पष्ट कार्ययोजना बनाउन, प्राथमिकताका आधारमा आयोजना छनोट गर्न र कृषि तथा उत्पादनशील क्षेत्रमा युवाहरूलाई आकर्षित गर्ने रणनीति बनाउन सरकारलाई सुझाव दिए।

उनले भने, ‘देशमा आज जुन अर्थतन्त्रको अवस्था छ, यो अवस्थाबाट अर्थतन्त्रलाई कसरी गतिशील र चलायमान बनाउने र राष्ट्र बैंकभित्र ६ खर्ब लगानीयोग्य पुँजी छ तर मान्छेहरू मलाई ऋण चाहियो भनेर जाँदैनन्। १० महिना पुगिसक्छ तर एकतिहाइ पनि पुँजीगत खर्च हुन सक्दैन। आयात प्रत्येक वर्ष बढिरहेको छ। व्यापार असन्तुलन बढिरहेको छ। खेत बाँझो छ तर युवाहरूलाई खेती गर्ने कुनै रुचि छैन। उनीहरू विदेश जान खुट्टा उचालेर बसिरहेका हुन्छन्। नेपाली कांग्रेस र एमालेको सरकारले मुलुकको विद्यमान अवस्थाको गहिराइमा पुगेर छाम्ने कोसिस गरेको छ कि छैन भनेर मैले गहिरोसँग अध्ययन गरेँ। सरकार विगतको अभ्यास होइन, ब्रेक थ्रू गर्न खोजेको जस्तो पाएको छु। हामीले विगतमा जुन स्वरूपमा बजेट ल्याउँथ्यौँ, सबैलाई खुसी पार्ने हिसाबले बिना पूर्वतयारीका, लगानीको ढाँचा सुनिश्चित नगरिएका आयोजनाहरूमा जुन हिसाबले हामीले बजेट विनियोजन गरेका हुन्थ्यौँ, त्यसले गर्दा हाम्रो बजेट समयमा खर्च नहुने र हाम्रो पुँजीगत खर्च न्यून हुने स्थिति यसकारण पनि सिर्जना भयो भन्ने कुरा लुकेको छैन।’

उनले लोक रिझ्याइँका लागि नभई मुलुकको अर्थतन्त्रमा व्यापक सुधार गर्ने दृढ संकल्पका साथ सरकार अघि बढ्नुपर्ने बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ