arrow

प्रतिनिधि सभा

सस्तो प्रचारबाजी र मिडिया खपतका लागि अभिव्यक्ति नदिन प्रतिपक्षीलाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
parliament-82-1-28.jpg

काठमाडौं । नेकपा एमालेकी सांसद रणकुमारी बलम्पाकी मगरले प्रतिपक्षी दलका नेताहरूलाई सस्तो प्रचार र मिडियामा छाउनका लागि जथाभावी अभिव्यक्ति नदिन आग्रह गरेकी छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मगरले प्रतिपक्ष भनेको सरकारको पर्खाइमा रहेको शक्ति हो भन्ने कुरा नबिर्सन आग्रह गरिन्। 

उनले सत्तामा हुँदा भ्रष्टाचार, अनियमितता र बिचौलियाका बारेमा मौन रहने तर विपक्षमा पुगेपछि सरकारलाई जथाभावी आरोप लगाउने र गणतान्त्रिक व्यवस्था नै खतरामा छ भनी हलुका टिप्पणी गर्ने प्रवृत्तिप्रति आपत्ति जनाइन्।

सांसद मगरले भनिन्, ‘विगत २८ महिनादेखि म लगायत हामी कहिले सत्ता पक्ष, कहिले विपक्षमा रहेर जन सरोकारका सवालहरू उठाउँदै आएका छौँ। मलाई के अचम्म लाग्छ भने सत्ता पक्ष हुँदा भ्रष्टाचार र बिचौलिया, अपारदर्शी, अनियमितताका कुरामा चुइँक्क नबोल्ने माननीयहरू विपक्षी बेन्चमा पुग्ने बित्तिकै सरकारलाई जति सकिन्छ, झुटो लाञ्छना र उपमा दिनुका साथै सरकारकै कार्यशैलीकै कारण गणतान्त्रिक व्यवस्था नै खतरामा छ भन्ने गलत र हलुका टिप्पणीहरू गर्नुहुन्छ, यो कति सान्दर्भिक हो? प्रतिपक्ष भनेको वेटिङ अफ गभर्मेण्ट हो भन्ने कुरा किन बिर्सिएको? सस्तो प्रचार र मिडियामा खपतका लागि अभिव्यक्ति नदिए हुन्थ्यो।’

सांसद मगरले संसद र संसदीय समितिहरूलाई आरोप-प्रत्यारोप गर्ने थलो नबनाउन पनि आग्रह गरिन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ