अपरेशन सिन्दूरको सफलतामा भाजपाले देशभर तिरङ्गा यात्रा निकाल्दै
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३१ बुधबार
1.5k
Shares
काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) ले आज भारतभर तिरङ्गा यात्रा निकाल्ने भएको छ । पाकिस्तानमा रहेका आतंकवादीको जालो तोड्न थालिएको ‘अपरेशन सिन्दूरको सफलता मनाउन भाजपाले तिरङ्गा यात्रा निकाल्न लागेको हो ।
भाजपाले आज देशका अधिकांश ठाउँबाट तिरङ्गा यात्रा निकाल्ने जनाएको छ । गत अप्रिल २२ मा एक नेपालीसहित २६ हिन्दू तीर्थयात्रीलाई गोली हानेर मार्ने आतंकवादीविरुद्ध भारतले गत ७ मेमा अपरेशन सिन्दूर थालेको थियो ।
मात्र ४ दिन चलेको उक्त अपरेशनबाट पाकिस्तानमा रहेका आतंकवादीका नौ वासस्थल ध्वस्त पारिएको थियो ।
भारतले सय भन्दा बढी आतंकवादीलाई मार्न सफल भएको दाबीसमेत गरेको छ । त्यसकै खुशीयालीमा आज भाजपाले तिरङ्गा यात्रा निकाल्न थालेको हो ।