arrow

प्रशासकीय अधिकृत कुट्ने सहयोगी पक्राउ, मेयर र वडा सदस्य फरार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ३० मंगलबार
rautahat-kutpit-82-1-30.jpg

रौतहट । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालमाथि कुटपिट गरेको घटनामा संलग्न सहयोगी पक्राउ परेका छन् ।

 तर मेयर किशोरी साह कलवार र एक जना वडा सदस्य अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । मेयरका सहयोगी सनफी यादवलाई प्रहरीले काठमाडौँ सिंहदरवार परिसरबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको छ ।

सहयोगी यादव केही दिनअघि मेयर कलवारसँगै काठमाडौँ आएका थिए । प्रशासकीय अधिकृत जयसवालले मेयर कलवार वडा ४ का सदस्य दीपेन्द्र गुप्ता र सहयोगी सनफि यादवविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।

कानून विपरीतको रकम भुक्तानी गर्न अस्वीकार गरेपछि मेयरले प्रशासकीय अधिकृत जयसवाललाई घरमै बोलाई कुटपिट गरेका थिए । घटनामा संलग्न वडा सदस्य गुप्ता  फरार भएका छन् ।

बाराका एसपी सन्तोष तामाङले मेयरमाथि उजुरी परेको तर अहिलेसम्म मुद्दाको प्रक्रियामा अगाडि नबढेको तथा  घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् ।

उक्त घटनाले स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारीमाथि गर्ने दबाब ,दमन, अत्याचार गर्दा पनि स्थानिय प्रशासन मुकदर्शक बन्ने गरेको प्रत्यक्ष रूपमा उदाहरण बनेको छ।

कानून विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेको थियो । 

घटनाको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन्।कर्मचारीहरूले नगरपालिकाको सम्पूर्ण सेवा ठप्प पारेका छन् ।  नगरपालिका द्वारा प्रदान गरिने दैनिक काम लिएर जाने सेवाग्राहीहरु रित्तो हात फर्कन बाध्य भएका छन् ।

 यस वर्ष लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलामा अतिथि सेवालगायत नगरको सरसफाई शीर्षकमा कार्यपालिका बोर्डको बैठकले १० लाख रुपैयाँ छुट्याएको थियो। तर मेला शीर्षकमा मेयर कलवारले २७ लाख रुपैयाँ भुक्तानी गर्न पटक पटक दवाब दिँदै आएका थिए।

त्यसैगरी बोर्डको बिना निर्णय वृक्षारोपण शीर्षकमा १५ लाख, सिम्रौनगढ ऐतिहासिक समारोह शीर्षकमा १० लाख र बाटो सरसफाईमा १९ लाख रुपैयाँ भुक्तानी गर्न मेयर कलवारले दबाब दिँदै आएको प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले बताएका छन्।

गत १६ गते बिहान १० बजेदेखि मेयर कलवार र सिम्रौनगढ समारोह को अगुवा महिला ममता शर्मा पटक–पटक फोन गरेर सरसल्लाह गर्न भनेर मेयरको निवासमा बोलाएका थिए।

मेयरसँग छलफल गर्न उनको घरमा जाँदा ममता शर्माको १० लाखलगायत ७१ लाख रुपैयाँको भुक्तानी गर्न मेयर कलवारले पुनः दबाब दिएका थिए ।
 
मेला शीर्षकमा मात्र १० लाख रुपैयाँ छुट्याईएको छ अरु कुनै शीर्षकको रकम छैन, बिना कानुनी प्रक्रिया पूरा गरी भुक्तानी कसरी दिने मैले जवाफ दिएपछि मेयर कलवार र उनका समर्थकले अन्धाधुन्ध कुटपिट गरेको अधिकृत जैसवालले बताएका छन्।

सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु सेहरले मेयर किशोरी प्रसाद कलवारको नगरपालिका सञ्चालन गर्ने मनसायनै नरहेको आरोप लगाएकी छिन् ।

मेयर कलवारले भ्रष्टाचार गर्न नगरका कर्मचारी लाई आफ्नो घरायसी नोकरको जस्तो व्यबहार गर्ने गरेको बताइन्। 

नगर कार्यपालिका बोर्डमा रहेका २१ जनामध्ये २० जना आफूसँग भए पनि मेयर कलवार एक्लै आफ्नो निजी सम्पत्तिको जस्तो नगरको रकम लुट्न खोजेको उपमेयर सेहरले दाबी गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ