arrow

गाजामा मानवीय सहायता पुनः शुरु गर्न इजरेल सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
israel-gaza-25-3-20-ap.jpg

काठमाडौँ । इजरेली परराष्ट्रमन्त्री गिडिअन सारले आइतबार एक पत्रकार सम्मेलनमा जानकारी दिँदै इजरेलले अमेरिकाद्वारा प्रस्ताव गरिएको नयाँ मानवीय सहायता योजनालाई पूर्ण समर्थन गर्ने बताएका छन् । 

यो योजना हाल संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले सञ्चालन गर्दै आएको व्यवस्थाको विकल्पका रूपमा ल्याइएको हो ।

मन्त्री सारका अनुसार, “यो योजना अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्डअनुसार अघि बढाइनेछ र यसमार्फत सहायता प्रत्यक्षरूपमा पीडित जनतासम्म पुर्‍याइनेछ, जसमा हमासको संलग्नता हुनेछैन ।”

उनले थप स्पष्ट पारे कि इजरेली सैनिकहरू प्रत्यक्ष रूपमा सहायता वितरणमा सहभागी नहुने तर वितरण क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी उनीहरूको रहनेछ ।

यस योजनाअनुसार निजी कम्पनी, गैरसरकारी संस्थाहरू र केही देशहरूको सहकार्यमा गाजामा खाद्यान्न तथा अन्य आपूर्तिहरू पुर्‍याइनेछ । तर इजरेल वितरण प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने जनाइएको छ ।

यस योजनाप्रति केही फिलिस्तीनी नागरिक तथा सहायता संस्थाहरूले चिन्ता व्यक्त गरेका छन्, उनहरूले सहायता वितरणलाई राजनीतिकरण नगर्न आग्रह गर्दै आएका छन् ।

यसबीच, इजरेली सुरक्षा क्याबिनेटले गाजामा सैन्य अभियानलाई विस्तार गर्ने र सहायता आपूर्तिमा पूर्ण नियन्त्रण राख्ने योजना पनि पारित गरिसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ