arrow

आईएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटल सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
ila-hotel-maulakalika-ime.jpg

नवलपुर । आईएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१ मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । सोमबार औपचारिक उद्घाटनपछि होटल तथा रिसोर्ट सञ्चालनमा आउने ग्रुपले जनाएको छ ।  

मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, रेष्टुरेन्ट, स्विमिङपुल, स्पा र जिमलगायत विभिन्न सुविधाहरु उपलब्ध  छन् ।

केबलकार सहितको इला होटल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमि सहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमा तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकहरुसमक्ष पुर्‍याउन थप सघाउन पुग्ने विश्वास लिइएको छ ।

आईएमई ग्रुपले सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिहेको छ । 

हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यस होटल सञ्चालनसँगै दुई वटामा होटलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् ।
 
लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढिरहेको कम्पनीले जनाएको छ । 

त्यहाँ अबको एक वर्षभित्र केबलकार सञ्चालनमा आउने र त्यसको केही समयपछि नै होटल र रिसोर्ट पनि सञ्चालनमा आउने जनाइएको छ । त्यस्तै ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण प्रकृयामा रहेको आईएमई ग्रुपले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ