रौतहट । नेपाल चिकित्सक संघ (एनएमए) रौतहटमा डा सुभाष चौधरी चयन भएका छन् । शनिबार भएको अधिवेशनबाट अध्यक्षमा डा चौधरी चयन भएका हुन् । चन्द्रनिगाहपुरमा सम्पन्न चिकित्सकहरूको भेलाले चन्द्रपुर अस्पताल प्रालिका संचालक तथा प्रमुख चिकित्सक चौधरीको नेतृत्वमा १५ सदस्यीय चिकित्सक संघ रौतहट शाखाको समिति गठन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा डा कौशर आलम, उपाध्यक्षमा डा राकेश चौधरी, सचिवमा डा मनोजकुमार कौशल, कोषाध्यक्षमा डा सशिरञ्जन तिवारी, सहसचिवमा डा नबिनकुमार सिंह, सहकोषाध्यक्षमा डा रामभरोस प्रसाद चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा डा श्यामबाबु साह, राकेश कुमार साह, पंकज कुमार साह, यादव प्रसाद घिमिरे, रामईश्वर साह, अमरेश कुमार यादव, अम्बेडकर कुमार यादव र डा सदरे आलम चुनिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
भेलाले डा राजेन्द्रकुमार चौधरी र डा अभिनन्दन श्रीवास्तवलाई संघको सल्लाहकार समितिमा चयन गरेको छ।