arrow

देशमा पश्चिमी-स्थानीय वायु र जलवाष्पयुक्त हावाको प्रभाव : पहाडी भेगमा बदली, वर्षा र हुरीबतासको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २८ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ। मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्न सक्ने पूर्वानुमान गरिएको छ।

त्यसैगरी, आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ