arrow

नीति तथा कार्यक्रम २८ गते पारित गरिने, एमालेले लगायो ह्वीप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
parliament-building-new-ban.jpg

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते पारित गरिने भएको छ । जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन आफ्नो पार्टीका सांसदहरूलाई ह्वीप लगाएको छ ।

सरकारले गत वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम वाचन गरेका थिए । 

नीति तथा कार्यक्रम राष्ट्रिय सभामा दुई दिन र प्रतिनिधि सभामा छ दिन छलफल भएपछि २८ गते आइतबार पारित गर्न लागिएको हो । 

यसकै आधारमा सरकारले आगामी जेठ १५ गते आर्थिक वर्ष २०८२–८३ का वार्षिक बजेट सार्वजनिक गर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ