arrow

युवा सङ्घको महाधिवेशन पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
rastriya-yuba-sang-nepal.jpg

पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको दशौं राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ ।

आगामी जेठ ९ देखि ११ गतेसम्म राष्ट्रिय महाधिवेशन पोखरामा गर्न लागिएको अध्यक्ष क्षीतिज थेबेले जानकारी दिए ।

महाधिवेशनमा देशका ७७ जिल्लाकै प्रतिनिधि, युवा अगुवा तथा विशिष्ट व्यक्तिको सहभागिता रहने उनले जानकारी दिए ।

नेपालका युवाहरूको सशक्तीकरण, संगठनको भविष्यको कार्यदिशा तय गर्नका लागि दशौं राष्ट्रिय महाधिवेशन महत्वपूर्ण हुने अध्यक्ष थेबेले दावी गरे ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको विधान, नीति र कार्यक्रमका बारेमा समीक्षा र संशोधन गर्ने जनाइएको छ ।

महाधिवेशनमा आगामी दिनमा युवा अभियान सञ्चालनबारे छलफल हुने अध्यक्ष थेबेले बताए ।

साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा युवाको भूमिका, रोजगारी सृजना, नेतृत्व विकास, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका विषयमा समेत छलफल हुने उनको भनाइ छ ।

महाधिवेशनका लागि सङ्घले प्रतिनिधि चयन गरिसकेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ