बर्खा नलाग्दै काठमाडौँ डुबानमा, सम्बन्धित निकायलाई सचेत [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २३ मंगलबार
843
Shares
काठमाडौँ । गत हिउँदमा वर्षा नभएपछि त्यसको असर अहिले नै परेको छ । बर्खा नलाग्दै परेको वर्षाले काठमाडौँ उपत्यकालाई सचेत पारेको छ । गत असोजको बेमौसमी वर्षाले काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लामा पारेको क्षतिबाट पाठ सिक्न नसके यसपालि फेरि मौसमले ठूलो पाठ सिकाउने देखिएको छ ।
आपद् व्यवस्थापन चुस्त दुरुस्त नराख्ने हो भने यसापलि झनै ठूलो क्षति पार्ने आँकलन भइरहेको छ । नभन्दै बर्खा लागेको छैन तर मकै छर्नका लागि आउने वर्षाले असार–साउनको बर्खा याद गराइरहेको छ ।
विभिन्न ठाउँमा बाढी पहिरोले क्षति गर्न थालिसकेको छ । दर्जनौँ सडकहरु अवरुद्ध छन् । सोही क्रममा काठमाडौँको बालाजु पुल र विष्णुमती खोलाको आसपासको क्षेत्र डुबानमा परेको छ ।
लगातारको वर्षापछि बालाजु वडा नं १६ कार्यालय अगाडिको सडक सोमबार राति जलमग्न बन्यो ।
बालाजु पुल र विष्णुमती खोलाको आसपासको क्षेत्र डुबानमा पर्दा त्यहाँ हिँडडुल गर्न र सवारी आवागमनमा समस्या भएको थियो ।
आजको मौसम पनि ठीक छैन । बिहानै वर्षा भएको थियो । विपद् बाजा बजाएर आउँदैन । संकेत चाहिँ गर्छ ।