काठमाडौँ । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ विन्दुमा रोकिएको हो ।
आज सात अर्ब ६३ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । आइतबार परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको थियो । आइतबार नौ अर्ब २४ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको थियो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाइ १० प्रतिशतले बढेको छ । हिमालयन पावर पार्टनरको शेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।