arrow

फेवातालको बीचमा फसे मानिस, उद्दारमा खटिए सुरक्षाकर्मी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
fewaal.jpg.jpeg
फाइल तस्बिर

पोखरा । एक्कासि हावाहुरीसहित वर्षा भएपछि फेवातालमा मानिसहरु फसेका छन् । फेवातालमा डुंगा चलाएर कायकिङ गरिरहेका १८ जना फसेको बताइन्छ । 

उनीहरु तालको बीचमा फसेको र उद्दारको प्रयास भइरहेको छ । घटनाको जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी, नेपाली सेना, सशस्त्र प्रहरी बल र अन्य उद्धारकर्मी खटिएको प्रहरीले जनाएको छ । 

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ताल क्षेत्रमा रहेका सम्पूर्ण निजी डुंगा सञ्चालक, जल यातायात सेवा प्रदायक र स्थानीय स्वयंसेवकलाई सहयोग गर्न अपिल गरिएको सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख प्रहरी उपरीक्षक सूर्य तिमल्सिनाले जानकारी दिए । 

पोखरामा भीषण वर्षा भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ