arrow

लेडी गागा कन्सर्टमा २० लाख सहभागी, साढे सात करोड डलरको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
lady-gaga-25-5-3.jpg

रियो दि जेनेरियो । कोपाकाबाना समुद्र तटमा निः शुल्क लेडी गागा कन्सर्टमा २० लाख भन्दा बढी प्रशंसक जम्मा भएका छन् । सो सहरका अधिकारीका अनुसार भीड नियन्त्रण गर्न प्रहरीलाइ हम्मे हम्मे परेको थियो ।

पप स्टारको सबैभन्दा ठूलो कन्सर्टको लागि रियोको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने प्रयासमा सहरले उनको भुक्तानी गरेको थियो । स्थानीय सरकारका अनुसार लेडी गागाको कन्सर्टले कोपाबानामा ७५ मिलियन अमेरिकन डलर बराबर कारोबार भएको छ।

शनिबारको प्रदर्शन लेडी गागाको आठौँ एल्बम मेहेमको लागि प्रचार भ्रमणको एक हिस्साको रूपमा थियो । जसमा अब्राका डाब्रा र डाई विथ ए स्माइल लगायतका गीतहरू समावेश रहेका छन् ।

उनले पछिल्लो पटक सन् २०१२ मा ब्रजिलमा प्रदर्शन गरेकी थिइन् । त्यसको १४ वर्षपछि उनी ब्राजिलमा कन्सर्ट गर्न पुगेकी हुन् ।

उनका केही फ्यानहरूले गागालाई लिटिल मोन्स्टर्स भन्दै बिहान सबेरैदेखि लाममा बस्न शुरु गरेका थिए । 

सो कन्सर्टको सुरक्षाका लागि  पाँच हजार प्रहरी अधिकारीहरू ड्युटीमा खटिएका थिए भने हरेक सहभागी  मेटल डिटेक्टरहरूबाट गुज्रनु परेकाले ठूलो सुरक्षा अपरेशन गरिएको थियो। अधिकारीहरूले घटनामा पुलिसलाई मद्दत गर्न ड्रोन र अनुहार पहिचान क्यामेराहरू पनि प्रयोग गरेका थिए ।

 लेडी गागा रियोमा निःशुल्क कन्सर्ट गर्ने पहिलो गायिका भने होइनन् । म्याडोनाले मे २०२४ मा कोपाकाबाना बिचमा कन्सर्ट गरेकी थिइन्, जसको लागि पनि सो सहरले पहिला नै म्याडोनालाई पैसा तिरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ