-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेप्से परिसूचकमा आइतबार झिनो अंकको गिरावट आएको छ । परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ विन्दुमा बन्द भएको छ ।
११७ कम्पनीको शेयर मूल्य बढ्दा १२८ कम्पनीको शेयर मूल्य घट्यो ।
तर कारोबार भने उच्च भएको छ । यस दिन नौ अर्ब २४ करोड ५५ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको हो ।
नेपाल माइक्रो इन्स्योरेन्स, क्रिस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दा विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले घट्यो ।