arrow

घट्दो क्रममा सुनचाँदीको मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ८८ हजार १०० मा कारोबार  भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु एक हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी रु एक हजार ९६५ मा कारोबार भएको थियो ।  
    
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ