arrow

सिरियामाथिको आक्रमण तुरुन्त रोक्न इजरेललाई आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
Syria_Lebanon_Israel_Map.jpg.jpeg

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेयर पेडरसनले इजरेल सरकारलाई सिरियामाथि भइरहेका हवाई आक्रमणहरू तत्काल रोक्न अनुरोध गरेका छन् । हालै दमास्कसको राष्ट्रपति भवन नजिक आक्रमण भएपछि उनले उक्त गतिविधिले क्षेत्रीय शान्ति र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका हुन् । 

इजरेलले सिरियाको डुज समुदायलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले आफ्नो सैनिक उपस्थिति बढाएको बताएको छ । मानव अधिकार निगरानी संस्थाले विशेषगरी यस हप्ता देखिएको सांप्रदायिक हिंसात्मक घटनाहरूमा ११९ जनाको ज्यान गएको जनाएको छ, जसमा धेरैजसो डुज समुदायका सदस्यहरू रहेका छन् ।

सन् २०२४ को अन्त्यमा पूर्वराष्ट्रपति बशर अल–असदलाई हटाएर सत्ता सम्हालेका नयाँ सिरियाली नेतृत्वले समावेशी शासनको प्रतिबद्धता जनाएका छन्, यद्यपि उनीहरूलाई आन्तरिक चुनौतीको सामना गर्नुपरेको देखिन्छ ।

“सिरियाको सार्वभौमिकता र क्षेत्रीय अखण्डता माथि भइरहेका आक्रमणहरू प्रति गहिरो चिन्ता व्यक्त गर्दै म इजरेल सरकारसँग यस्ता सैन्य गतिविधिहरू तत्काल रोकिने अपेक्षा राख्दछु,” पेडरसनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन् ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले शुक्रबार राति सिरियाका विभिन्न स्थानमा इजरेलबाट गरिएको २० भन्दा बढी हवाई आक्रमणलाई यो वर्षकै सबैभन्दा गम्भीर आक्रमण भनेको छ ।

सिरियाली समाचार संस्था सानाले आक्रमणका क्रममा एक सर्वसाधारण नागरिकको निधन भएको जानकारी दिएको छ । इजरेली सेनाले केही सैन्य पूर्वाधार र हवाई सुरक्षा प्रणालीहरूलाई लक्षित गरी कारबाही गरिएको उल्लेख गरेको छ ।

यसै सन्दर्भमा, इजरेली प्रधानमन्त्री तथा रक्षा मन्त्रीद्वयले डुज समुदायको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । दक्षिण सिरियामा सुरक्षात्मक तैनाथी गरिएको जनाइएको छ, यद्यपि त्यहाँ इजरेली फौजको उपस्थिति आधिकारिक रूपमा पुष्टि भइसकेको छैन ।

स्वेइदा प्रान्तका एक डुज अधिकारीले वर्तमान अवस्थामा इजरेली सैनिक नदेखिएको जानकारी दिएका छन् । यसैबीच, केही घाइते डुज नागरिकलाई उपचारका लागि इजरेलमा स्थानान्तरण गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ