arrow

देशमा बङ्गाल खाडीको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव : मेघगर्जनसहित वर्षा

काठमाडौँ उपत्यकामा रातिदेखि नै सिमसिम वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
meteorological-forcasting-d.jpg

काठमाडौँ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव देखिएको छ।

काठमाडौँ उपत्यकामा रातिदेखि नै सिमसिम वर्षा भइरहेको छ । कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बाँकी भू-भागका थोरै स्थानहरूमा पनि वर्षाको सम्भावना छ। यसैगरी, देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। 

पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

देशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ