arrow

बस्दै एमाले संसदीय दलको बैठक, नीति तथा कार्यक्रमबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २० शनिबार
uml-cpn.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्ने गरी दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

संसदीय दलको बैठकमा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ । 

यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमासमेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ