काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बिहीबार सुनको भाउ प्रतितोला एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलानामा बिहीबार तोलामै चार हजार छ सय रुपैयाँले घटेको थियो ।
यता आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज असली चाँदी प्रतितोला एक हजार नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीबार चाँदीको भाउ प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।