पहलगाममा नेपालीको हत्यापछि गोलबजारमा पाकिस्तानप्रति आक्रोश, 'मित्रता पार्क' योजना विवादमा
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १९ शुक्रबार
757
Shares
सिराहा । भारतको जम्मू–कश्मीरस्थित पहलगाममा आतंकवादीले हिन्दूधर्मीलाई छानीछानी गोली हानेर मार्ने क्रममा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु भएपछि सिहाको गोलबजारमा आक्रोश पोखिएको छ ।
पाकिस्तानप्रति आक्रोशित हुँदै धर्मराज हिन्दू सेनाले प्रदर्शन आयोजना गरेपछि गोलबजार तनावपूर्ण बनेको थियो । विरोध प्रदर्शनमा सयौँको संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।
प्रदर्शनको अगुवाइ कृष्ण गुंरागाईं (हनि सिंह) ले गरेका थिए । सो प्रदर्शनमा पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुतला जलाएर आक्रोश पोखिएको थियो।
'आतंकको आडमा मित्रता स्वीकार्य छैन,' भन्दै प्रदर्शनकारीहरूले पाकिस्तानसँगको सम्बन्ध विरोधी नारासमेत लगाए।
प्रदर्शनमा अर्को विवादास्पद एजेन्डाले पनि ज्वाला थप्यो— नेकपा एमालेबाट निर्वाचित गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले अघि सारेको ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजना।
स्थानीयवासीहरूले यस्तो योजना राष्ट्रहित विपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरे। प्रदर्शनकारीहरूको भनाइ थियो, “जहाँ पाकिस्तानबाट आतंक फैलिन्छ, त्यहाँ मित्रता होइन, प्रतिकार चाहिन्छ।”
रिपोर्टहरू अनुसार पहलगाममा पाकिस्तानले प्रायोजित गरेको हमलामा २७ जना निर्दोष पर्यटकको ज्यान गएको थियो। तीमध्ये बुटवलका युवा सुदीप न्यौपाको मृत्युले देशभरि समवेदना र आक्रोशको लहर उठाएको छ।
मिर्चैयाको सडकमा देखिएको आक्रोशले केवल एक घटनाको विरोध मात्र होइन, राष्ट्रको परराष्ट्र नीति र आन्तरिक निर्णयमाथिसमेत पुनर्विचारको माग उठाएको छ।