arrow

तोलामा ४६ सय रूपैयाँ घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १८ बिहिबार
gold-silver-higest-price.jpg

काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको भाउ आज ह्वात्तै घटेको छ । आज बिहीबार छापावाला सुनको भाउ तोलामा चार हजार छ सय रुपैयाँ घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ अघिल्लो दिन बुधबार प्रतितोला एक लाख ८८ हजार एक सय रुपैयाँ रहेको थियो ।

यता, असली चाँदीको भाउ पनि तोलामै ५० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँ रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ