काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको भाउ आज ह्वात्तै घटेको छ । आज बिहीबार छापावाला सुनको भाउ तोलामा चार हजार छ सय रुपैयाँ घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ अघिल्लो दिन बुधबार प्रतितोला एक लाख ८८ हजार एक सय रुपैयाँ रहेको थियो ।
यता, असली चाँदीको भाउ पनि तोलामै ५० रुपैयाँ घटेको छ । मूल्य घटेसँगै चाँदीको भाउ प्रतितोला एक हजार नौ सय १५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६५ रुपैयाँ रहेको थियो ।